निर्देशक अरुण झाको निधन

काठमाडौं । चलचित्र निर्देशक अरुण कुमार झाको निधन भएको छ । आइतबार बिहान शिक्षण अस्पताल महाराजगञ्जमा हृदयघातमा कारण उनको निधन भएको हो । ७२ वर्षको उमेरमा झाको निधन भएको उनको पारिवारिक स्रोतले बताएका छन् । लामो समयदेखि रोगबाट ग्रसित झालाई दोश्रोपटक हृदयघात भएपछि आइतबार बिहानै अस्पताल लगिएको थियो । उनको सोही अस्पतालमा निधन भएको हो […]