पोखरामा युवा संघले प्रधानमन्त्री देउवाको पुत्ला जलायो

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध पोखरामा नेकपा एमालेको भातृ संगठन युवा संघले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेका छन् ।