काठमाडौं : छिमेकी मुलुक भारतको वायु प्रदूषण नेपाल भित्रिएको छ। दिल्लीको प्रदूषण फैलाउने वायु पश्चिम नेपालबाट केहीदिन अघिदेखि नै प्रवेश गर्न सुरु भएको र यो क्रम जारी रहने भएकाले काठमाडौं पनि यसको उच्च जोखिममा रहेको जनस्वास्थ्यविद्हरुले बताएका छन्।पश्चिमबाट प्रवेश गरेको उक्त विषाक्त हावा उपत्यकामा जमेर बस्ने भएकाले जोखिममा रहेको जनस्वास्थ्यविद् डा समिर मणी दिक्षितले बताए।दूषित हावाले गम्भीर स्वास्थ्य समस्या निम्त्याउने उनले बताए। विषेशगरी बालबालिका, वृद्धवृद्धा, दीर्घरोगीहरु वायु प्रदूषणबाट बढी प्