गुल्मी – गुल्मीमा बजारीकरणको अभावमा नर्सरीमा उत्पादित बिरुवा बिक्री गर्नका लागि समस्या देखिएको छ । जिल्लाभित्र उत्पादित बिरुवा प्रशस्त हुँदा हुँदै पनि बाहिरी जिल्लाबाट बिरुवा भित्रिने गरेका कारण आफूहरू समस्यामा परेकाे किसानले गुनासाे गरेका छन् ।
गुल्मीको रेसुङ्गा नगरपालिका–९ का वीरबहादुर कार्कीले सुन्तला, कागती, टिमुर, अनार, किबी, चियापत्ती, अम्बा, कुरिलो र धुपीलगायत दर्जनौँ प्रजातिका बिरुवा उत्पादन गर्दै आउनुभएकाे छ । तर उहाँले उत्पादन गरेका बिरुवा भने सन्तोषजनकरूपमा बिक्री हुन सकेका छैनन् । कार्क...