साउनदेखि गूगल, युट्युब, फेसबुक, नेटफ्लिक्स लगायतले कर तिर्नुपर्ने (कार्यविधिसहित)

आन्तरिक राजस्व विभागले विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स) सम्बन्धि कार्यविधि, २०७९ तयार पारेको छ । विद्युतीय सेवामा कर लगाउने कार्यविधि आगामी साउन १ गतेदेखि लागु हुँदैछ ।  सरकारले पहिलो पटक विद्युतीय सेवामा कर लगाउँदै छ । कार्यविधि अनुसार अब गूगल, युट्युब, फेसबुक, नेटफ्लिक्स, अमेजन प्राइम, हटस्टार, सोनी लिभ लगायतले नेपालमा सेवा दिएर आम्दानी गरे वापत कर तिर्नुपर्नेछ...