दशैं भन्ने बित्तिकै सबैजसोको घरमा मासु पाक्ने गर्छ । त्यो पनि थरिथरिका परिकार । क्षेत्री बाहुनको घरमा खसी ढाल्नैपर्ने हाम्रो संस्कार कायम नै छ ।
गैर क्षेत्री बाहुनको घरमा भने बंगुर, राँगा लगायत काटेर थरिथरिका परिकार पाक्छन् । पछिल्लो समयमा आएर भेडाच्यांग्रा, हाँस, टर्की, अस्ट्रिच, कालिज, माछा पनि दशैंमा निकै खपत हुन थालेका छन् । जेजस्तो माछामासु खाए पनि स्वास्थ्यमैत्री हुनु जरुरी छ ।
दशैं भन्दैमा अन्धाधुन्द ३ छाक नै मासु खानाले स्वास्थ्य प्रतिकूल भई धेरैमा समस्या आउन सक्छ । त्यसमा पनि बच्चा र बूढाबूढीलाई विशेष ध्यान दि...