उपनिर्वाचन: मुख्य निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्ति गरेको छ । यही चैत १८ गतेदेखि लागू हुने गरी उनीहरुलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरिएको हो ।

सम्बन्धित सामग्री

उपनिर्वाचन हुने ४४ स्थानमा मुख्य निर्वाचन अधिकृत तोकिए (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम सोमबारदेखि नै लागू हुने गरी ३२ जना जिल्ला न्यायाधीश विभिन्न स्थानमा मुख्य निर्वाचन अधिकृत र ६ जना राजपत्राङ्कित कर्मचारीलाई निर्वाचन अधिकृत […]

लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका निर्वाचन अधिकृत नियुक्त

निर्वाचन आयोगले लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी जेठ १७ गते लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचन हुँदैछ । आयोगले दाङ जिल्ला अदालतका जिल्ला न्यायाधीश रीतेन्द्र थापालाई निर्वाचन अधिकृत नियुक्त गरेको हो । आयोगद्वारा जारी विज्ञप्तिमा राष्ट्रिय सभा सदस्य ...

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन अधिकृतमा न्यायाधीश डिल्ली रत्न श्रेष्ठलाई नियुक्त गरिएको छ । निर्वाचन आयोगले आज प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी गराएको हो । यही जेठ ६ गते बिहीबारको दिन हुने वागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन हुँदै छ ।  राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम न्याय परिषद्को परामर्शमा प्राप्त नामावलीका आधारमा मकवानपुर जिल्ला अदालतका न्यायाधीश श्रेष्ठलाई नियूक्त गरिएको हो ।