अमेरिकामा बन्दुक आतंक: यो वर्ष २३ दिनमै ३६ वटा सामूहिक गोलीकाण्ड

अमेरिकामा बन्दुक आतंकका घटना निरन्तर बढ्दै गइरहेका छन्। हालै मात्र एक ७२ वर्षीय संदिग्धले शनिबार राति ठूलो एसियाली समुदाय भएको लस एन्जलस नजिकैको शहर मोन्टेरे पार्कको एक डान्स स्टुडियो र क्लबमा १० जनाको हत्या गरेको छ।