म्यानचेस्टर सिटीको सानदार जित, चेल्सी बराबरीमा रोकियो

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले न्यु क्यासलमाथि फराकिलो जित निकालेको छ। सेन्ट जेम्स पार्कमा सम्पन्न खेलमा सिटीले घरेलु टोलीमाथि ४-० को फराकिलो जित निकालेको हो। खेलको पाँचौं मिनेटमै रुबिन डायसको गोलमा अग्रता बनाएको सिटीका लागि दोस्रो गोल जोआओ क्यान्सेलोले २७ औं मिनेटमा रियाद महरेजको पासमा गरे।…