होलीमा भिडभाड हुन नदिने ललितपुर जिल्ला प्रशासनको निर्णय, मास्क नलगाउनेलाई कारवाही गर्ने

काठमाडौं : ललितपुर जिल्ला प्रशासनले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै होलीको दिन भिडभाड हुन नदिने निर्णय गरेको छ। ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाको अध्यक्षतामा बसेको जिल्ला कोभिड १९ विपत् नियन्त्रण सेन्टरको बैठकले होलीमा भिडभाड हुन नदिने र स्वास्थ्‍य मापदण्ड पालना गराउन कडाइ गर्ने निर्णय गरेको हो। बैठकले मास्क,…

सम्बन्धित सामग्री

डोटीमा पुनः एक साता थपियो निषेधाज्ञा

साउन १८, डोटी । जिल्लामा कोरोना भाइरस कोभिड–१९ को जोखिम कायमै रहेकाले निषेधाज्ञाको समयावधि सात दिन बढाइएको छ ।  यहाँका नागरिक कामका लागि प्राय छिमेकी मुलुक भारतका विभिन्न शहर जाने र  फर्किने क्रममा संक्रमण फैलने गरेकाले जोखिम कायमै रहेको स्वास्थ्यकर्मीको सुझावअनुसार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको आइतवार बसकेको बैठकले गत वैशाखदेखि लागू गरिएको निषेधाज्ञाको समयावधि यहि साउन २४ गते सम्मका लागि बढाउने निर्णय गरेको हो । अत्यावश्यक कामबाहेक निषेधाज्ञा उल्लंघन गर्ने व्यक्तिलाई कानूनबमोजिम कारवाही गरिने निमत्तप्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए । जिल्लामा निषेधाज्ञाको समयमावधि थप गरिएको यो नवौँ पटक हो ।  केन्द्रले आन्तरिक सार्वजनिक सवारी साधन सञ्चालन गर्न, बिहान ६ बजेदेखि राती ८ बजेसम्म पसल खोल्न र बैंक तथा वित्तीय संस्थाका हकमा प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न दिने निर्णय गरेको छ ।  विकास निर्माणका काम र त्यसमा प्रयोग हुने यातायातका साधन मापदण्डअनुसार सञ्चालन गर्न पाउने भएका छन् । निषेधाज्ञाको अवधिमा होटेल, रेष्टुरेन्ट, सैलुन, व्युटीपार्लर, जीम हल सञ्चालन गर्न र भिडभाड हुने कुनै पनि किसिमका कार्यक्रम पनि गर्न नपाइने जारी  सूचनामा उल्लेख छ ।  जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या एक हजार ४०० भन्दा बढी पुगेको र यसबाट हालसम्म ११ जनाले ज्यान गुमाइ सकेका छन् । रासस