सर्वसाधारणका गुनासो सुन्न तुलसीपुर उपमहानगरपालिकाले प्रयोगमा ल्यायो टोल फ्री नम्बर

जनताको गुनासो सुन्नका लागि तुलसीपुर उपमहानगरपालिकाले बिहिबारदेखि टोल फ्री नं. प्रयोगमा ल्याउने भएको छ। उपमहानगरको सेवा प्रवाह र विकासका बारेमा बुझ्नका लागि सर्वसारधारणले पैसा नलाग्ने फोन नं. १६६०८२५२००० मा फोन गर्न सक्नेछन्। ‘कर्मचारीले सर्वसाधारणलाई गर्ने व्यवहार र उपमहानगरका हेरक वडामा भएका गरेका विकास निर्माणको बारेमा प्रत्यक्ष जनताको गुनासो सुन्नको लागि टोल फ्री नम्वर प्रयोग ल्याउन…

सम्बन्धित सामग्री

पोखरा : गुनासा सुन्न ‘हेलो मेयर’ हटलाइन

पर्वत : कास्कीको पोखरा महानगरपालिकाले सेवाग्राहीले आफ्ना गुनासा, चासो र सरोकारका विषय टिपाउन सक्ने गरी  ‘हेलो मेयर’ हटलाइन नम्बर सञ्चालनमा ल्याएको छ।टोल फ्री नम्बर ११८१ मा निःशुल्क सम्पर्क गरी सेवाग्राहीले आफ्ना गुनासा, चासो र सरोकारका विषय टिपाउन सक्ने र सम्बन्धित शाखा र महाशाखाबाट तत्कालै रेस्पोन्स गर्ने गरी ‘हेलो मेयर’ कार्यक्रम सञ्चालनमा ल्याएको पोखरा महानगरपालिका जनाएको छ।महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीका अनुसार हटलाइन नम्बर हरेक दिन बि

गुनासो सुन्न सीसीएमसीले गर्‍यो संयन्त्र निर्माण

काठमाडौं। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)ले संयन्त्र निर्माण गरेको छ। आज उपप्रधानमन्त्री तथा सीसीएमसीको संयोजक ईश्वर पोखरेलको निर्देशन बमोजिम गुनासा, उजुरी तथा सुझावको तत्काल कार्यान्वयन गर्ने गरी संयन्त्र निर्माण गरिएको हो। कुनै समस्या भए सीसीएमसीको टोल फ्री नम्बर ११४० मा फोन गरे २४ सै घण्टा प्रतिक्रिया दिइनेछ। शव व्यवस्थापनका लागि १०५ मा सम्पर्क गर्न सकिनेछ।

२४ घण्टे हेल्पलाइन सञ्चालनमा

राष्ट्रिय महिला आयोगले हिंसापीडित महिला र बालिकाको उजुरी सुन्न २४ घण्टे हेल्पलाइन सेवा सुरु गरेको छ । आयोगले आइतबार सेवाको औपचारिक सुरुआत गरेको हो । हेल्पलाइनको टोल फ्री नम्बर ११४५ मार्फत महिलाले आफूमाथि हिंसा भए तुरुन्तै फोन गर्न सक्नेछन् ।

ऊर्जाका गुनासा सुन्न ११५१ टोल फ्री नम्बर

सरकारले ऊर्जासँग सम्बन्धित जनगुनासो तत्काल सम्बोधन गर्न टोल फ्री नम्बर ११५१ सञ्चालनमा ल्याएको छ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले ऊर्जा मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा ऊर्जासँग सम्बन्धित जनताको गुनासो तत्काल सम्बोधन गर्ने उद्देश्यले उक्त टोल फ्री नम्बरको थालनी गरे ।