ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा विस्तार

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका-६ धातिवाङमा ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवाको सुरुवात भएको छ । शाखारहित बैंकिङ सेवाको उद्घाटन गर्दै वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले बैंकिङ कारोबारसँगै जनतालाई सहज भएको बताए । गाउँमा शाखारहित बैंकिङ सेवाको सुरुवात भएसँगै वडाको विकासमा समेत टेवा पुग्ने बताउँदै सामाजिक सुरक्षा भत्ताको वितरण गाउँमै गर्नका लागि पहल गर्ने वडाध्यक्ष पौडेलले बताए […]