चानचुन छैन भन्दै यातायात भाडामा यात्रु ठगिँदै, प्रहरी कारवाही सुरु

काठमाडौंको न्यू–प्लाजाबाट टेम्पो चढेका बाबुराम देवकोटा न्यू रोड ओर्लिनुभयो । सरकारले तोकेको भाडादर अनुसार त्यहाँसम्मको भाडादर १८ हो, तर उहाँले २० रुपैयाँ दिनुभयो । उहाँले दुई रुपियाँ फिर्ता माग्नुभयो तर चालकले दुई रुपियाँ खुद्रा छैन भन्दै नदिएको उहाँले सुनाउनुभयो ।