नेपालस्थित युरोपेली युनियन (इयू) को डेलिगेजनकी कार्यवाहक प्रमुख जोएले हिभोनेट र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालबीच भेटवार्ता भएको छ । भेटवार्तामा हिभोनेटले नगरप्रमुख ढकालसंँगको भेटवार्तामा कर्णाली प्रदेशमा सञ्चालन गरेका परियोजना, भावी योजना, महिला सशक्तीकरण र समावेशीकरण लगायतका विषयमा कुराकानी छलफल गरेकी छन् । हिभोनेटले कर्णाली प्रदेशमा महिला फुटबललाई प्रोत्साहन गर्न, महिला खेलाडीको सहभागिता बढाउन इयूले लगानी गर्न गैरसरकारी संस्थामार्फत सहकार्यको सुरुवात भएको जानकारी गराए