माओवादीले सुदूरपश्चिम मुख्यमन्त्रीमा दाबी नछाड्ने

डडेल्धुरा : नेकपा (माओवादी केन्द्र) ले सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबी नछाड्ने भएको छ।डडेल्धुरा प्रदेशसभा–१ बाट नवनिर्वाचित प्रदेशसभा सदस्य खगराज भट्टले मुख्यमन्त्रीमा माओवादी केन्द्रले दाबी कायमै राख्ने बताएका हुन्।डडेल्धुरा सदरमुकाममा सोमबार गरेको पत्रकार सम्मेलनमा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्जसमेत रहेका भट्टले मुख्यमन्त्रीको दाबीबाट पार्टी पछि नहट्ने ठोकुवा गरेका हुन्। उनले शीर्ष तहमा पनि आफूले मुख्यमन्त्री पाउने अनौपचारिक सहमति भइसकेको दाबीसमेत गरेका छन्। सु