लुम्बिनी प्रदेशकी मन्त्री पाण्डे गम्भीर अस्वस्थ

लुम्बिनी प्रदेशकी उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डे गम्भीर अस्वस्थ भएकी छन् । असार २३ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कोभिसिल्डको दोश्रो डोज खोप लगाएकी उनी त्यसपछिका दिनमा स्वास्थ्य समस्या बढेपछि उपचारका लागि भैरहवास्थित भीम अस्पतालमा भर्ना भएकी थिइन् ।त्यसपछि बुटवलको अस्पतालमा ल्याइएकी उनलाई त्यहाँ पनि उपचार सम्भव नभएपछि काठमाडौं लगिएको हो । हाल उनको नर्भिक अस्पतालमा उपचार भइरहेको बताइएको छ । कोभिसिल्ड खोप लगाएपछि कमजोर हुँदै गएकी उनका दुबै खुट्टा नचल्ने र शरीर शिथिल अवस्थामा