घरमै चितुवाले आक्रमण गर्दा पाँच जना घाइते

काठमाडौँ – काठमाडौँको नागार्जुन नगरपालिका–८ स्थित भिमढुङ्गाको एक घरमै चितुवा पसेर आक्रमण गरेको छ। गए राति भिमढुङ्गा हर्सनखोलाका पन्चकुमार भट्टराईको घरमा जङ्गली चितुवाले आक्रमण गर्दा ५ जना घाइते भएका छन्। चितुवाको आक्रमणबाट भट्टराईको घरका ५ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको मनमोहन अस्पतालमा उपचार भइरहेको छ। पाँचै जनाको शरीरमा चोट लागेको छ ।