जोकोभिचले किने कोभिडविरुद्धको औषधि निर्माता कम्पनीको ८० प्रतिशत सेयर

एजेन्सी, ६ माघ। टेनिस खेलाडी नोभाक जोकोभिच कोभिडविरुद्धको औषधि बनाउने कम्पनीसँग आबद्ध भएको खबर आएको छ । उनले डेनमार्कको क्वान्टबायोरेस नाम गरेको कम्पनीमा लगानी गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुमा खबर छ । अन्तराष्ट्रिय सञ्चारमाध्यम अनुसार उनले क्वान्टबायोरेसको ८० प्रतिशत शेयर खरिद गरेका छन् । उक्त कम्पनीले भ्याक्सिन भन्दापनि कोरोना भाइरसविरुद्ध औषधी बनाउने तयारी गरिरहेको जनजाइएको छ । […]