फागुन ९, काठमाडौं। यो वर्ष विश्व बजारमा धेरै इलेक्ट्रिक कारहरू लन्च हुन लागेका छन्, जसमा केही अटोमोबाइल कम्पनीहरूले पहिलो पटक यस क्षेत्रमा प्रवेश गर्नेछन्, भने केही कम्पनीहरूले आफ्नो नयाँ इलेक्ट्रिक कार लन्च गर्नेछन् । विश्वबजारमा लोकप्रिय अटोमोबाइल कम्पनी टोयोटाले पनि यो वर्ष आफ्नो पहिलो इलेक्ट्रिक कार 'एसयूभी टोयोटा बीजेड फोरएक्स' लन्च गर्ने तयारी गरिरहेको छ ।
टोयोटाले यो वर्ष इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा नयाँ कार लन्च गर्न लागेको छ । जुन हेर्नको लागि उत्कृष्ट मात्र होइन यसको फिचरका साथै टप स्पीड र ब्याट्री क्षमता पनि बेजोड हुने बताईएको छ ।
मिडिया रिपोर्टका अनुसार टोयोटाले आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी टोयोटा बीजेड फोरएक्स यो वर्ष लन्च गर्न लागेको हो । जसको अवधारणा मोडेल गत वर्षनै सार्वजनिक गरिएको थियो । यो एसयूभी हेर्नको लागि गजबको मात्र नभई यसका फिचर्सहरू पनि नवीनतम् हुनेछन् भने ब्याट्री पनि उत्कृष्ट क्षमताको हुनेछ ।
टोयोटाको पहिलो इलेक्ट्रिक एसयूभी टोयोटा बीजेड फोरएक्स जापानी ब्रान्ड बियोन्ड जीरोको नाममा नामकरण गरिएको छ । टोयोटाको पहिलो इलेक्ट्रिक एसयूभीमा सोलार प्यानल पनि देखिनेछ । अर्थात यो इलेक्ट्रिक कारले घाममा पनि चार्ज गर्न सक्नेछ ।
तर, यी सबैको बीचमा टोयोटा बीजेड फोरएक्स विश्वभर कहिले लन्च हुने भन्नेबारेमा कम्पनीले कुनै ठोस जानकारी दिएको छैन ।
एक पटक चार्जमा ४५० किलोमिटर चल्ने
टोयोटाको आगामी इलेक्ट्रिक एसयूभी टोयोटा बीजेड फोरएक्समा जडान हुने इलेक्ट्रिक मोटरले २४० एचपी पावर र २६५ एनएम टर्क उत्पादन गर्न क्षमता हुनेछ । एकै समयमा, पावर बुस्ट मोडमा यसले २१८ एचपी पावर र ३३६ एनएम टर्क उत्पन्न गर्न सक्ने जनाईएको छ । यो इलेक्ट्रिक एसयूभीले ७.७ सेकेन्डमा ०-१०० किलोमिटर प्रतिघण्टाको गतिमा दौडन सक्नेछ।
यसमा ७१.४ किलोवाटको ब्याट्रीप्याक हुनेछ । जसले फुल चार्जमा ४५० किलोमिटर सम्मको ब्याट्री रेन्ज दिन सक्नेछ । फास्ट चार्जिङको सहायताले यसलाई ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । एजेन्सीको सहयोगमा