दाइजो माग्ने डाक्टर पक्राउ

महोत्तरी : महोत्तरी जिल्लाको रामगोपालपुर घर भएका डाक्टर पङ्कजकुमार चौधरीलाई दाइजोविरुद्धको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार डा पङ्कजलाई उनकै घर रामगोपालपुर–५ बाट पक्राउ गरिएको हो।  डा पङ्कजले दाइजोको निहुँमा जिल्लाकै औरही नगरपालिका–१ घर भएकी श्रीमती नेहा चौधरीलाई कुटपिट गरी घरबाट निकालेका थिए।  श्रीमतीले उनीविरुद्ध घरेलु हिंसा र दाइजो अभियोगमा जिल्ला अदालतमा मुद्दासँगै प्रहरीमा समेत उजुरी दिएकी थिइन्।महोत्तरीका प्रहरी उपरीक्षक

सम्बन्धित सामग्री

नेहा चौधरीका ससुरा पनि पक्राउ, श्रीमान् डा. पंकज जेलमै

जनकपुरधाम । घरेलु हिंसामा परेकी महोत्तरीको रामगोपालपुर नगरपालिका ५ की नेहा चौधरीको ससुरा राम प्रवेश चौधरी पनि पक्राउ परेका छन् । थप दाइजो माग्दै यातना दिएर घरबाट निकाला गरेपछि नेहाले श्रीमान् डाक्टर पंकज चौधरी, ससुरा राम प्रवेश र अन्य सदस्यमाथि मुद्दा दायर गरेकी थिइन् । नेहाको श्रीमान् पंकज यसअघि नै पक्राउ परेका थिए । उनलाई […]