झन्डै एक दशकदेखि शिक्षण पेसामा आबद्ध जिना लामाले गत वर्षको शैक्षिक सत्रदेखि ललितपुरको कोन्ज्योसोम गाउँपालिका भारदेउस्थित बालेश्वरी माध्यमिक विद्यालयमा तामाङ मातृभाषा शिक्षकका रूपमा कक्षा १ मा पढाउन सुरु गरिन् ।
इलाम । इलाम र पाँचथरको सिमानामा पर्ने फाल्गुनन्द गाउँपालिकाले मातृभाषा शिक्षामा जोड दिएको छ । गाउँपालिकाले सबै सामुदायिक विद्यालयमा अनिवार्य मातृभाषामा पठनपाठन गराउने नीति लिएको छ । स्थानीय लिम्बू र तामाङ मातृभाषाको पठनपाठन सुरु गरेको फाल्गुनन्द गाउँपालिकाले अहिले राई वान्तवा मातृभाषामा समेत पठनपाठन सुरु गरेको छ । गाउँपालिकाबाट प्रत्येक विद्यालयका लागि एक जना सम्बन्धित मातृभाषा […]
सुनसरीको गढी गाउँपालिकामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सामुदायिक विद्यालयहरुमा मातृभाषामा पठनपाठन गर्नुपर्नेमा जोड दिएका छन् । भाषा आयोग काठमाण्डौंले जिल्लाको गढी गाउँपालिकामा गरेको बहुभाषिक शिक्षा नमुना विकास तथा स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले स्थानीय कला, संस्कृति र भाषा संरक्षणका लागि मातृभाषामा शिक्षा दिनुपर्ने माग गरेका छन् ।
स्थानीय सरकारको भाषा नीति निर्माण तथा मातृभाषा शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले आफनै भाषामा पठनपाठन गर्दा शिक्षण सिकाई उपलब्धि राम्रो हुने र अपनत्व महसुस हुने भएकाले मातृभाषाको शिक्षा आवश्यक रहेको बताएका हुन् ।
कार्यक्रममा गढी गाउँपालिकाकी उपाध्यक्ष राजकुमारी चौधरीले मातृ भाषाको शिक्षा अहिलेको आवश्यकता भएको बताउनुभयो ।
चौधरीले मातृ भाषाको शिक्षाको लागि गाउँपालिका तयार रहेको समेत प्रतिद्धता जनाउनुभयो । सोही कार्यक्रममा गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले मातृभाषाको शिक्षा दिन आफूहरु तत्पर रहे पनि नीतिको अभाव र आवश्यक जनशक्ति तथा पाठयपुस्तकको समस्या रहेको बताउनुभयो ।