सुर्खेत – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले सरकारबाट बाहिरिए पनि जनताको मनमै रहेको बताउनुभएको छ ।
एमाले कर्णाली प्रदेश कमिटीद्वारा आज आइतवार सुर्खेतमा आयोजित वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले एमाले जनतासँगै रहेकाले आउँदो चुनावमा पहिलो भएर सरकारमा पुग्ने दाबी गर्नुभयो । ‘एमाले सरकारबाट मात्रै बाहिरिएको हो, जनताको मनबाट बाहिरिएको छैन’, पोखरेलले भन्नुभयो, ‘आम जनताको मन–मनमा एमाले छ । आउँदो चुनावमा अझै शक्तिशाली भएर आउनेछौँ ।’
कार्यक्...