विद्युत् सर्ट भई आगलागी हुँदा शिखर इन्स्योरेन्सका एक जना कर्मचारीको मृत्यु, अर्का घाइते

जेठ ८, चितवन । चितवनमा विद्युत् सर्ट भई आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् ।  मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १० का सकुन्तला पौडेल सुबेदी रहेकी छिन् भने भरतपुर महानगरपालिका वडा नम्बर-७ का तरुण थापा घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आइतवार दिउँसो सवा १ बजे भरतपुर महानगरपालिका १० बालमन्दिर रोड स्थित घरको तेस्रो तलामा  सञ्चालन रहेको शिखर इन्स्योरेन्स कम्पनीको शाखा कार्यालयका कर्मचारीहरुले कम्पनीको बाहिर पट्टी झुण्ड्याएर राखिएको फ्लेक्स बोर्ड झिक्ने क्रममा अचानक करेन्ट सर्ट भई आगलागी हुंँदा सुबेदी र थापा घाइते भएका थिए ।  करेन्ट लागेर गम्भिर घाईते भएकी सुवेदीको उपचारका लागि भरतपुर अस्पताल पुर्‍याउदा चिकित्सकले मृत घोषित गरेका थिए । सोही इन्स्योरेन्समा कार्यरत अर्का घाइते थापालाई उपचारको लागि चितवन मेडीकल कलेज भरतपुर पठाइएको र उनको  अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ ।  उक्त आगलागी भरतपुर महानगरको दमकल, नेपाल प्रहरी, नेपाली सेना र स्थानीय नागरिकहरुको सहयोगमा १ बजेर ४० मिनेटमा पूर्ण रुपमा नियन्त्रणमा यसबारेमा थप अनुसनधान भइरहेको प्रहरीले जानकारी दिएको छ ।  

सम्बन्धित सामग्री

अमेरिकामा एक भवनमा आगलागी : ८ बालबालिकासहित १२ जनाको ज्यान गयो

काठमाण्डाै – अमेरिकाको फिलाडेल्फिया शहरको एक भवनमा आगलागी हुँदा ८ बालबालिकासहित १२ जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । भवनमा २६ जना बस्दै आएका थिए । आगलागीका बेला भवनमा रहेका अरु आठ जनाले भागेर ज्यान जोगाएका छन् । आगलागीको समयमा बज्ने सङ्केत घडीले काम नगरेपछि आगो निभाउन ढिलाइ भएको उद्धारकर्मीले जनाएका समाचार संस्था एपीले जनाएको छ । विद्युत् सर्ट भइ आगलागी भएकोे हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । आगलागीका कारण भवनको धेरैजसो भागमा क्षति भएको छ ।

सुन्धाराको गुलाव मिठाइ पसलमा आगलागी, २ जनाको उद्दार

७ चैत, काठमाडौं । राजधानीको सुन्धारास्थित गुलाव मिठाइ पसलमा आगलागी हुँदा दुई जना घाइते भएका छन् । पसलभित्र रहेका उनीहरुलाई सुरक्षाकर्मीको टोलीले नियन्त्रणमा लिएको थियो । प्रारम्भिक रिपोर्ट अनुसार विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने आशंका गरिएको छ । आगलागी भएको घरको अन्डरग्राउण्डमा पार्किङ स्टोर रहेको बताइएको छ । त्यहाँ जेनेरेट, …