काठमाडाैं : राष्ट्रियसभा सदस्य कोमल वलीले ठूला भ्रष्टाचार काण्डको छानबिन गर्न सरकारसँग माग गरेकी छिन्। राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद वलीले देशका ठूल्ठूला भ्रष्टाचार काण्डको निष्पक्ष छानबिन गर्न माग गरेकी हुन्। उनले भ्रष्टाचारको कुरा भोट माग्ने माध्यम मात्रै बनाइएको भन्दै वाइडबडी, अरुण तेस्रो, टनकपुर, बालुवाटार प्रकरण, ओम्नी प्रकरण, आयल निगमको जग्गा खरिद प्रकरण र क्यान्टोनमेन्टको समेत भ्रष्टाचार छानबिन गर्नुपर्ने बताइन्।&lsquo