काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रदेशको कानून बनाउन केन्द्रित हुनुपर्ने बताएका छन् । कांग्रेस रुपान्तरण अभियान बागमतीको विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले प्रदेशलाई अधिकार नदिएर पंगु बनाइएको टिप्पणी गरे । उनले भने, ‘नेपालमा एउटामात्रै केन्द्र राखेर हुँदैन, प्रदेश बनाउनुपर्छ भनेर २०६१ सालमै कांग्रेसले लेखेको हो । अहिले हामीले त्यहीअनुसार प्रदेश बनाएका हौं । […]