पार्टीसहित राजनीतिमा होमिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका लागि यो निर्वाचन परीक्षाको रुपमा अगाडि आएको छ । चुनाव लड्नका लागि चितवन पुगेका उनले आफ्नो चुनावी अभियान थालिसकेका छन् । उनले चितवन २ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका उमेश श्रेष्ठ र एमालेका कृष्णभक्त पोखरेलसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । रवि लामिछानेको उम्मेदवारीपछि चितवन–२ को नतिजा कस्तो आउला भन्ने चासो पनि उत्तिकै छ । चितवन २ मा कांग्रेस, एमालेसहित जनता समाजवादी पार्टी, नेपालका मुस्तफा