फोहोरमैलाका कारण र निराकरणका उपाय

व्यवस्थित सहरको बाधकका रूपमा फोहोरमैला पनि एक हो । फोहोरले गर्दा क्षणभरमै विभिन्न प्रकारका रोगव्याधिहरू आउने गर्छन् र अनाहकमा सर्वसाधारणले मृत्युवरण गर्न पुगिरहेको तथ्य हामीमाझ छर्लङ्गै छ । अहिले वर्तमान समयमा देश संघीयतामा गइसकेपछि तीनै तहको निकायले फोहोरलाई उच्च प्राथमिकता दिई अघि बढ्नुपर्ने चुनौती थपिएको छ । काठमाडौं उपत्यकाका केही स्थानमा बिनापूर्वाधार गरिएका स्मार्ट सिटी, […]