युक्रेनमा रुसले गरेको आक्रमणको सय दिन नाघिसकेको छ । अमेरिका र प्रमुख युरोपेली देशहरूले लगाएको प्रतिबन्धले रुसी अर्थतन्त्रमा धेरै नोक्सान पुर्याएको छ । जारी संकटका कारण धेरै देशले रुसबाट तेल र प्राकृतिक ग्यास आयात बन्द गर्ने निर्णय पनि गरेका छन् ।तर, फिनल्याण्ड स्थित सेन्टर फर रिसर्च अन इनर्जी एन्ड क्लिन एयर (सीआरईए)ले गरेको अनुसन्धानअनुसार युक्रेनमा युद्ध सुरु भएदेखि नै रुस कुल ९८ अर्ब डलर आम्दानीसहित जीवाश्म इन्धनको शीर्ष निर्यातकर्ता बनेको छ ।युरोपेली संघ रुसी तेल र प्राकृतिक ग्यासक