आफ्नो पार्टीका मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई मन्त्रिपरिषद्मा पठाउने एकीकृत समाजवादीको निर्णय तत्काललाई थाती रहने भएको छ । एकीकृत समाजवादीका मन्त्रीको हेरफेरले अन्य दलमा पनि असर गर्ने र असन्तुष्टि बढेर वार्षिक बजेट पारित गर्न गाह्रो हुने देखिएपछि सत्ता गठबन्धनका नेताहरू पछि हटेका हुन् । बजेट पारित नभए सरकार अल्पमतमा पर्छ ।