काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटीलाई २–१ गोलले हराएको छ ।६० मिनेटमा सिटीले गोल गरेर अग्रता लिएको थियो । तर ४ मिनेटभित्रै २ गोल गरेर युनाइटेडले उत्कृष्ट पुनरागमन गर्यो । ७८ मिनेटमा ब्रुनो फर्नान्डेज र ८२ मिनेटमा मार्कुस रास्फोर्डले गोल गरेर युनाइटेडलाई जिताए । जितसँगै युनाइटेड ३८ अंकका साथ तेस्रो स्थानमा पुगेको छ ।म्यानचेस्टर युनाइटेडले न्युक्यासल युनाइटेडलाई पछि पारेको हो । ३९अंक भएको सिटी दोस्रो स्थानमा छ।