पूर्व न्यायाधीश समाजले आयोजना गरेको न्यायपालिकाको वर्तमान स्थितिको विश्लेषण विषयक अवधारणा पत्रमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेरले न्यायपालिकाको गरिमा, विश्वसनीयता, जनआस्था र स्वतन्त्रता जोगाउन असक्षम भएको निष्कर्ष निकाल्यो । कात्तिक ५ गते सम्पन्न नेपाल बार एसोसिएसनको कार्यसमितिको बैठकले न्यायपालिकाभित्र हुने गरेका विकृति तथा विसङ्गतिका बारेमा छानविन गर्न गठित समितिका संयोजक न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन अविलम्ब लागू गर्न १५ दिने अल्टिमेटम दिने निर्णय गर्यो । उक्त बैठकले प्रधानन्या