अमेरिका, चीन र पाकिस्तानी स्वार्थको भुमरीमा तालिबान, सरकार नबन्दै आइलाग्यो गम्भीर संकट

अमेरिकाले अफगानिस्तानबाट हटेपछि सत्तामा आएको तालिबानमा आन्तरिक संघर्षका कारण सरकार गठन गर्न ढिलाइ भइरहेको छ । यसैबीच पंजशिर प्रान्तमा तालिबानको प्रतिकार गरिरहेको समूहको पत्रिका पंजशिर अब्जर्भरले ट्वीट गर्दै काबुलमा तालिबानका दुई वरिष्ठ नेताबीच शक्तिसंघर्ष चलेकाले शुक्रवार राति गोली चलेको भनी खबर दिएको छ ।  ट्वीटमा उल्लेख भएअनुसार, अनस हक्कानी र मुल्ला बारादरका बफादारहरूले पंजशिरमाथिको आक्रमणलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा विमति राखेका छन् ।  यस विषयमा पंजशिर अब्जर्भरले नर्दन अलायन्सको ट्वीटलाई उद्धृ...