आगाे निभाउने क्रममा एक जनाकाे ज्यान गयाे

रुकुम पश्चिम – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका १० गारावाङमा आगो निभाउने क्रममा जलेर एक जनाकाे ज्यान गएकाे छ । जङ्गलमा लागेको आगो गाउँतिर पसेपछि आगो निभाउने क्रममा ४५ वर्षीया सर्केनि दमाईको जलेर ज्यान गएकाे हाे । आगो निभाउन खोज्दा जलेकी सर्केनीको घटनास्थलमै ज्यान गएकाे वडा सदस्य तिलक खड्काले जानकारी दिनुभयो ।  गाउँलेसँगै आगो निभाउन खटिएकी सर्केनिलाई आगोले भेटेको थियो । त्यस्तै आगलागीका कारण गगन जैसीको गोठ जलेर नष्ट भएको छ । बिहीवार वडा नम्बर १० को राजिखेत भन्ने ठाउँबाट सुरु भएको आगो आधा दर्जनभन्दा ब...