लमजुङकाे उदीपुर–खुदी र बेसीसहर फिडर लाइनमा १० दिन बिजुली आपूर्ति बन्द हुने

लमजुङ – लमजुङको उदीपुर–खुदी र बेसीसहर फिडर लाइनमा दश दिन बिजुली आपूर्ति बन्द हुने भएको छ । लमजुङ वितरण केन्द्र अन्तर्गतको २ सय २० केभी प्रसारण लाइन आयोजनाको उदीपुरदेखी मर्स्याङ्दी पावर हाउस खण्डमा तार तान्ने काम भइरहेकाले उदीपुर–खुदी र बेसीसहर फिडर लाइनमा बिजुली आपूर्ति बन्द हुने लमजुङ वितरण केन्द्रका प्रशासन प्रमुख अशोककुमार कर्णले जानकारी दिनुभयो । प्रसारण लाइन अन्तर्गत पर्ने ३३ केभी उदीपुर–खुदी लाइन र ११ केभी बेसीसहर फिडर लाइनमा भाेलि बिहीवारदेखि वैशाख ३ गतेसम्म बिहान ८ देखि बेलुका ६...