डेंगी नियन्त्रण गर्न सरकारले विशेष रूपमा ध्यान दिनुपर्छ: प्रकाशमान सिंह

काठमाडाैँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकमा डेंगी महामारीको रूपमा देखिएकाले यसकाे प्रभावकारी नियन्त्रणमा सरकारले विशेष ध्यान दिनु पर्ने बताएका छन्। आज राजधानीकाे रत्नराज्य विद्यालयकाे विज्ञान प्रयाेगशाला हस्तान्तरण कार्यक्रममा बाेल्दै नेता सिंहले उक्त कुरा बताएका हुन्। नेता सिंहले जनस्तरमा अनुभूत हुनेगरी सरकारले काम गर्न म नेपाल सरकारकाे ध्यानाकर्षण गराउँछु भन्दै सरकारले तत्कालै विशेष अभियान सुरु […]

सम्बन्धित सामग्री

धरानका सबै विद्यालय बुधबार बिदा

धरान उपमहानगरपालिकाले डेंगी भाइरस नियन्त्रण अभियानका लागि भन्दै पालिकाभित्रका सबै शैक्षिक संस्थामा बुधबार बिदा दिएको छ ।स्थानीय सरकारले डेंगी नियन्त्रण गर्न चासो नदेखाएको भन्दै आलोचना भएपछि नगर प्रमुख हर्कराज साम्पाङले मंगलबार आकस्मिक कार्यपालिका बैठक बोलाएर बुधबार बिदा गर्ने र बिदामा सर्च एन्ड डिस्ट्रोय अभियान चलाउने निर्णय गरेका हुन् ।

धरानमा डेंगुबाट ६ जनाको मृत्यु

धरान । सुनसरीको धरान उपमहानगरपालिकामा फैलिएको डेंगी संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ । डेंगी संक्रमणका कारण ३ महिला र ४ पुरुष गरी ६ जनाको मृत्यु भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिनुभयो । डेंगी महामारीको रुपमा फैलिदासमेत तीनै तहका सरकारले चासो देखाएका छैनन् । समयमै डेंगी नियन्त्रण नहुँदा धरानमा दैनिक […]

७६ जिल्लामा पुग्यो डेंगी, बिरामीको संख्या साढे २४ हजार नजिक

काठमाडाैँ- सरकारले डेंगी नियन्त्रण तथा रोकथाममा यथेष्ट ध्यान नदिँदा देशका ७७ मध्ये ७६ जिल्लामा डेंगी फैलिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०७९ साउन १ गतेयता हालसम्म कुल २४ हजार ४९२ जना डेंगीका बिरामी भेटिएका छन्। डेंगुका कारण हालसम्म देशभर २९ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ। नेपालमा डेंगीको बिरामी पहिलो पटक २०६१ सालमा […]