जिल्ला अस्पताल लमजुङमा जनशक्ति नहुँदा भेन्टिलेटर अलपत्र

लमजुङ :  उपकरण ल्याएको महिनौं बित्दा पनि जिल्ला अस्पतालको भेन्टिलेटरसहित सघन उपचार कक्ष (आइसियु) सञ्चालन हुन सकेको छैन। आवश्यक जनशक्ति नहुँदा भेन्टिलेटर सहित सघन उपचार कक्ष सञ्चालनका गर्न नसकिएको अस्पतालले जनाएको हो। गण्डकी प्रदेश सरकारबाट अघिल्लो आर्थिक वर्षमै बजेट प्राप्त भएपनि चालु आर्थिक वर्षको चार महिना पछि आवश्यक उपकरण आइपुगेको हो। भेन्टिलेटर सहितको आइसियु सञ्चालनका लागि अघिल्लो वर्षकै बजेटबाट ढिला गरी उपकरण ल्याएको थियो। उपकरण ल्याइसकेको महिनौ बित्दा पनि आवश्यक जनशक्ति नहुँदा हालसम्म भेन्टिलेटर सहितको आईसियु कक्ष...

सम्बन्धित सामग्री

जनशक्ति अभावमा दुई वर्षदेखि भेन्टिलेटर अलपत्र

लमजुङ-जिल्ला अस्पताल लमजुङमा भेन्टिलेटर सहित सघन उपचार कक्ष (आईसिसियु) सञ्चालनका लागि ल्याएको उपकरण दुई वर्षदेखि अलपत्र परेको छ । कोरोना संक्रमण शुरु भएसँगै तत्कालिन आवश्यकतालाई मध्यनजर गरी ल्याइएको भेन्टिलेटर सहितको आईसियु उपकरण कोरोना तेश्रो लहर शुरु हुँदासम्म पनि शुरु हुन नसकेको हो ।आवश्यक जनशक्ति नहुँदा भेन्टिलेटर सहित सघन उपचार कक्ष सञ्चालनका गर्न नसकिएको अस्पतालले जनाएको […]