थ्री स्टारलाई हराउँदै लिगमा एपीएफको सुखद सुरुवात, नवप्रवेशी चर्च ब्वाइजको पुलिसमाथि 'डेब्यु' जित

काठमाडौँ: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दशरथ रंगशालामा सम्पन्न खेलमा एपीएफ क्लबले थ्रीस्टारलाई हराउँदै सुखद सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा विभागीय टोली एपीएफले ललितपुरे क्लब थ्री स्टारमाथि २-० गोलको जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा एपीएफले दुबै गोल गरेको थियो।…