काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन-२०७९ को संकल्पपत्र सार्वजनिक गरेको छ। शनिवार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी सभापति शेरबहादुर देउवाले संकल्पपत्र सार्वजनिक गरेका हुन्।
महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा संकल्प पत्र तयार पारिएको हो। ‘संविधानको रक्षा, स्थायित्व र समुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ संकल्पपत्रको मुख्य नारा रहेको…