देशलाई समृद्ध बनाउने एउटा कोशेढुङ्गा हुन सक्छ गाँजा खेती । हामीले सबै अध्ययन र विश्लेषणका आधारमा गाँजा खेतीलाई वैधानिकता दिँदा राम्रो हुन्छ भनेर गाँजा खेतीको अभियान चलाएका हौँ ।
गाँजा सम्बन्धी विधेयक संसदमा दर्ता भइसकेको छ । यसलाई वैधानिकता दिँदा कुनै पनि अन्तर्राष्ट्रिय कानुनले छेक्दैन । संयुक्त राष्ट्रसङ्घले पनि यसलाई हानिकारक लागुऔषध नभएर औषधीय गुणसहितको वनस्पतिका रुपमा स्वीकार गरेको छ ।
राजनीतिक गतिरोध कायमै रहे पनि संसद्बाट विधेयक पास गरेर गाँजा खेतीलाई वैधानिकता दिने गरी हामी अगाडि बढेका छौ...