राष्ट्रपतिले एउटा, प्रधानमन्त्रीले अर्को भन्ने हाँस्य-व्यङ्ग्य ‘शपथ’ नबनाऔं : सांसद महत

सांसद गजेन्द्र बहादुर महतले राष्ट्रपतिले एउटा र प्रधानमन्त्रीले अर्को वाचन गर्ने शपथ नबनाउन आग्रह गरेका छन् । राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त शपथ सम्बन्धि विधेयक २०७९ माथि विचार गरियोस भन्ने प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद महतले भने–‘सत्तामा रहँदा एउटा शपथ हुन्छ, विपक्षमा रहँदा अर्को शपथ हुन्छ ।शपथ मान्छेको नैतिकतासँग, व्यवहारसँग पनि सम्बन्धित हुँदो रहेछ । एउटा सम्मानित व्यक्ति हाम्रो प्रधानमन्त्रीले यसअघि शपथ खाने बेला एउटा ठूलो हाँस्यव्यङ्ग्य बन्यो । अब जे शपथ