प्रहरीले बाँकेमा एक वर्षको अवधिमा झण्डै ६ करोड रुपैयाँ बराबरका चोरी पैठारीको सामान बरामद गरेको छ । खुल्ला सीमा क्षेत्रको फाइदा उठाएर विभिन्न नाकाबाट भन्सार छली गरेर ल्याइएको सो रकम बराबरको सामान प्रहरीले बरामद गरेको हो । आर्थिक वर्ष २०७८÷७९ मा जिल्ला प्रहरी कार्यालयले पाँच करोड ९० लाख ५४ हजार रुपैयाँ बराबरका सामान बरामद गरेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए।अघिल्लो आर्थिक वर्षमा दुई करोड ५० लाख रुपैयाँको अवैध मालसामान बरामद गरिएको थियो । चोरी पैठारी ग