पशुपति शमशेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) निर्वाचन अायोगमा दर्ता भएपछि राप्रपाका अध्यक्ष कमल थापाले अदालतकै कारण अाफ्नो पार्टी विभाजन भएको बताएका छन्। बुधबार राति ट्वीट गर्दै थापाले अाफूहरूले न्याय नपाएको गुनासो गरेका छन्। 'अन्यायपूर्वक प्रधानन्यायाधीश विरूद्ध महाअभियोग प्रस्ताव पेस हुँदा नैतिकताका अाधारमा सत्ता परित्याग गर्ने राप्रपा अाज अदालतकै कारण विभाजित भयो। न्याय पाइएन',…