२५ कात्तिक, काठमाडौं । सरकार गम्भीर नहुँदा थारुलगायतका आयोगहरूले सिफारिस गरेका विषय कार्यान्वयन हुन नसकेको सरोकारवालाहरुले बताएका छन् । थारु आयोगको चौथो वार्षिकोत्सवको अवसरमा शुक्रबार काठमाडौमा आयोजित कार्यक्रममा थारुलगायतका आयोगका पदाधिकारीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सरकार संवैधानिक आयोगका सिफारिसप्रति गम्भीर नभएको बताए । उनले भने, ‘मानवअधिकार आयोगले सिफारिस गरेका […]