काठमाण्डाै - झण्डै दुई महिनादेखि बन्द रहेको सार्वजनिक यातायात खुलाउने विषयमा छलफल सुरु भएको छ । कसरी सुरक्षित रुपमा यातायात सञ्चालन गर्ने भन्ने विषयमा विशेषगरी काठमाण्डौ उपत्यकाका तीन वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीले छलफल थालेका हुन् ।
असार १४ गतेपछि स्वास्थ्य मापदण्ड अपनाएर नयाँ मोडालिटीका साथ यातायात सञ्चालन गर्ने तयारीका साथ विभिन्न निकायसँग छलफल सुरु गरेको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले जानकारी दिनुभयो। अस्ति बिहीवार स्वास्थ्य मन्त्रालय, यातायात व्यवस्था विभाग, यातायात मजदुर, यातायात व्यवसायी ...