नेपाली कांग्रेसका महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले आफ्नो पार्टीको आगामी कार्यदिशा ‘समुन्नत नेपालः सम्मानित नेपाली’ हुने बताएका छन् ।
नेता थापाले सो कार्यदिशालाई अघि बढाएर जनताले आगामी निर्वाचनमा कांग्रेसलाई रोज्न र छान्न सक्ने बनाउन आफूले १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने निर्णय गरेको पनि स्पष्ट पारे ।
बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच आफ्ना अवधारणा पत्र सार्वजनिक गर्दै उनले चुनाव आफैं जित्ने जनताको रोजाइको कांग्रेस बनाउने योजनाका साथ आफू अघि बढेको पनि बताए । नेता थापाले भने, ‘अब...