स्पेनिश लिंगमा बार्सिलोना बराबरीमा रोकियो

काठमाडौं । स्पेनिश लिंग फुटबल ‘ला लिगा’ मा शीर्ष स्थानको बार्सिलोना बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा बार्सिलोनालाई गेटाफेले गोलरहित बराबरीमा रोकेको हो । गेटाफेको मैदानमा भएको खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग नगर्दा जित निकाल्न नसकेका हुन् । बराबरीसँगै लिग तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले २९ खेलबाट ७३ अंक पुर्‍याएको छ । […]