जुम्ला– जुम्लाको तातोपानी गाउँपालिका–४ मा रहेको ताल गिडिदह प्रवर्द्धनका लाग पदमार्ग निर्माण गरिएको छ । गिडीदहमा पर्यटक बढाउने उद्देश्यले पदमार्ग निर्माणदेखि दहको सौन्दर्य र महत्वबारे थप प्रचारप्रसार सुरु गरिएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाइँले बताए। अप्ठ्यारो बाटो, उचित बासस्थानको अभावलगायतले गिडीदहमा पर्यटक जान कठिन छ । यहाँका सुन्दर पाटन, भेडीखर्क, तालतलैया, जडीबुटी र फूलको अवलोकनका लागि पर्यटक […]