गण्डकीमा विपक्षीको विकल्प : सभामुखको राजीनामा

गण्डकी प्रदेशमा सत्तापक्ष र विपक्षी गठबन्धनलाई नयाँ सरकार गठनका लागि बहुमत नपुग्ने भएपछि मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ संसद विघटन गर्ने योजनामा छन् । तर, विपक्षी दल माओवादी केन्द्र सभामुखलाई राजीनामा दिन लगाएर नयाँ सरकार गठनका लागि बहुमत पुर्‍याउने योजनामा छ । गण्डकीमा सभामुख माओवादी केन्द्रका हुन् ।