काठमाण्डाै – नुनदेखि सुनसम्म पाइने ठाउँ असनमा प्रायः सधैंजसो भीड हुन्छ । दशैँ, तिहारको बेलामा त झन् पाइला राख्ने ठाउँ भेट्न पनि मुश्किल पर्छ । तिहार नजिकिँदै गर्दा असनमा चहलपहल ह्वात्तै बढेको छ ।
तिहारमा चाहिने भाँडाकुँडा, बत्ति, पाला, भाइमसला, उपहारका सरसामान लगायत सबैथोक पाइने भएकाले धेरैको रोजाई असन, इन्द्रचोक क्षेत्र पर्ने गरेको छ । केही दिनदेखि असन क्षेत्रमा उपभोक्ताको भीड बढेको छ भने व्यापारीलाई पनि भ्याइनभ्याइ भएको छ ।
फोटो : महेश ज्ञवाली