संवैधानिक दायित्वबाट विचलित नहुन राष्ट्रपतिलाई प्रेस युनियनको आग्रह

नेपाल प्रेस युनियनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संवैधानिक दायित्वबाट विचलित नहुन आग्रह गरेको छ । नेपालको संविधान २०७२ ले दिएको जिम्मेवारी प्रतिकुल हुने गरी राष्ट्रपतिले संसदले पठाएको विधेयक प्रमाणीकरण नगरे पछि युनियनले राष्ट्रपतिको ध्यानाकर्षण गराएको हो ।नेपाल प्रेस युनियनका महासचिव दिलीप पौडेलले आज एक विज्ञप्ति प्रकाशित गरी संविधानको भावना र मर्मलाई पालना गर्दै संवैधानिक सर्वोच्चता कायम गरी राष्ट्रपति जस्तो संस्थाको गरिमा बचाई मुलुकलाई राजनीतिक अस्थिरताबाट जोगाउन अपिल गरेका हुन् । ‘